Wednesday, July 8, 2026

अबैध ५ लाख रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ

रौतहट २३ चैत । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।

सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा  श्रोत नखुलेको ५  लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक पक्राउ गरेको हो।

५ लाख रुपैया सहित पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–१४ पटेल चोकका १८ वर्षिय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले न्युज कारखाना लाई बताएका छन्।

गौर नगरपालिका  १ कानुपट्टी सीमा इलाकामा बिआर ०५ जे १३२७ नम्बरको मोटरसाईकल रुपैयाँ सहित शुक्रवार साँझ पक्राउ परेका भारतीय नागरिक पटेल लाई आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर