Tuesday, October 6, 2026

मधेशमा १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय बनाउने सरकारको तयारी

Advertisement
Advertisement

सिमरा, २० असोज। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको शैक्षिक अवस्था सुधार गर्न दरबार हाइस्कुलजस्ता सुविधासम्पन्न र विश्वस्तरीय विद्यालय निर्माण गर्नुपर्नेमा जोड दिका छन्। सरकारले मधेशमा कम्तीमा १०० वटा ‘वर्ल्ड क्लास’ विद्यालय निर्माण गर्ने अवधारणासहित काम अघि बढाउने तयारी गरेको उनले बताए।

शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले मधेशमा गुणस्तरीय शैक्षिक पूर्वाधार विकास गरी विद्यार्थीलाई आधुनिक र विश्वस्तरीय वातावरणमा शिक्षा प्रदान गर्ने सरकारको योजना रहेको जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीबाट समेत मधेशमा विश्वस्तरीय विद्यालय स्थापना गर्न सुझाव प्राप्त भएको छ। त्यसैअनुसार माध्यमिक तहसम्मका कम्तीमा १०० वटा विद्यालयलाई ‘वर्ल्ड क्लास’ विद्यालयका रूपमा विकास गर्ने अवधारणामा सरकार अघि बढ्न लागेको हो।

“सम्माननीय प्रधानमन्त्रीज्यूले मधेशमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर सुझाव दिनुभएको छ। यस विषयमा हाम्रो पनि सल्लाह भएको छ,” मन्त्री पोखरेलले भन्नुभयो, “मधेशमा कम्तीमा सय वटा वर्ल्ड क्लास स्कुल माध्यमिक तहसम्मको बनाउने गरी अहिले चलिरहेका विद्यालयलाई नै रूपान्तरण गर्ने वा आवश्यकताअनुसार अन्य स्थानमा स्थापना गर्ने विभिन्न मोडालिटीमा काम गर्न सकिन्छ।”

मन्त्री पोखरेलले दरबार हाइस्कुलजस्ता उत्कृष्ट विद्यालयहरू मधेशमा अझै धेरै आवश्यक रहेको बताए। त्यस्ता विद्यालयमा विद्यार्थीले आधुनिक पूर्वाधार, प्रविधि र उपयुक्त शैक्षिक वातावरणसहित अध्ययन गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ।

विद्यालय निर्माण गर्दा केवल भवन बनाउनेभन्दा पनि स्थानीय आवश्यकता, भूगोल, जनसङ्ख्या र विद्यार्थीको चापलाई आधार बनाउनुपर्ने उनले स्पष्ट पारे। कतिपय स्थानमा शिक्षक–विद्यार्थी अनुपात नमिलेको तथा पर्याप्त भौतिक पूर्वाधारको अभाव रहेको भन्दै यस्ता समस्या समाधान हुने गरी वैज्ञानिक ढङ्गले विद्यालयको योजना बनाउनुपर्ने उनको भनाइ थियो।

“जग्गाको उपलब्धता, भूगोल र जनसङ्ख्याको डेमोग्राफीलाई राम्रोसँग अध्ययन गरेर वैज्ञानिक ढङ्गले त्यस्ता विद्यालय निर्माण गर्नुपर्छ,” मन्त्री पोखरेलले भने।

काठमाडौँमा मात्रै गुणस्तरीय शिक्षाको अवसर सीमित नराखी मधेशका प्रत्येक जिल्ला र क्षेत्रमा विद्यार्थीले विश्वस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

स्थानीय तहको वास्तविक अवस्था र आवश्यकतालाई अध्ययन नगरी शैक्षिक पूर्वाधार निर्माण गर्दा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै मन्त्री पोखरेलले ‘ग्राउन्ड रियालिटी’लाई आधार बनाएर विद्यालय विकास गर्नुपर्नेमा जोड दिए।

मधेशमा शिक्षाको गुणस्तरमा गुणात्मक छलाङ ल्याउन आधुनिक पूर्वाधारसहितका नमूना विद्यालयको आवश्यकता रहेको दोहोर्याउँदै उनले प्रस्तावित ‘वर्ल्ड क्लास’ विद्यालयहरूले प्रदेशको समग्र शैक्षिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर