32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

गढीमाई पञ्च वर्षीय मेला : १ करोड ८० लाख नगद आम्दानी, ३ करोड ५५ लाख खर्च

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया, २३ चैत । विश्व प्रसिद्ध गढीमाई पञ्च वर्षीय मेला २०८१ को आय-व्यय सार्वजनिक भएको छ । आज एक कार्यक्रमका बिच मेला ब्यवस्थापन समितिले सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरण अनुसार गढिमाई मेलामा कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएकोमा ३ करोड ५५ लाख ४१ हजार एक सय ३६ रुपैयाँ खर्च भएको समितिले जनाएको छ । समितिले नगद १ करोड ८० लाख ९० हजार ८ सय २ रुपैयाँ आम्दानी भएको जनाएको छ ।

मेलामा जग्गा विक्रि, मनोरञ्जन व्यवस्थापन, विशेष दर्शन, रागा र परेवा व्यवस्थापन, मनत मुण्डन, पार्किगं, दानपेटी, पोखरी, गुदरी बजार, विद्युत व्यवस्थापन, धरौटी र नगरपालिकाको अनुदान गरी कुल ५ करोड ३६ लाख ३१ हजार ९ सय ३८ रुपैयाँको आम्दानी भएको समितिले जनाएको छ । मेलामा आएका भक्तजनहरुले सुन तथा चांदीका गहनाहरु पनि चढाएको र उक्त गहनाहरु मेला समितिमा राखिएको समितिले जनाएको छ ।

आम्दानी भएको रुपैया मन्दिरको बिकासमा खर्च हुने समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर