34.8 C
Kalaiya

Wednesday, July 9, 2025
34.8 C
Kalaiya
Wednesday, July 9, 2025

spot_img

रवि लामिछाने कारागार चलान, भने, ‘अदालत प्रति सम्मान छ’

spot_img
spot_img
spot_img
Advertisement

भैरहवा, २५ चैत । अन्ततः तीन दिनको प्रहरी हिरासत पछि  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमवार बिहान अदालती प्रक्रिया सम्पन्न गरे पछि लामिछानेलाई पुर्पक्षका लागि भैरहवास्थित कारागारमा पठाएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको जानकारी दिए । बुटवल उच्च अदालतको आदेश पछि गत शुक्रबार साँझ पक्राउ परेका लामिछाने शनिवार र आइतवार सार्बजनिक बिदा परेकाले २ दिनसम्म हिरासतमा नै रहनु परेको थियो ।

Advertisement
Advertisement

जेल चलान हुदै रविले छाेटाे प्रतिक्रिया दिदैँ भने ‘आदेशप्रति केही छैन, सम्मान छ ।’

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर