कलैया, २६ चैत । बारामा लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा मकवानपुरको मनोहरी नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय रबी थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।
विशेष सूचनाको आधारमा सोमबार ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा हेटौंडाबाट वीरगँज तर्फ जादै गरेको ना ३६ प २१७७ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाईकललाई रोक्न खोज्दा भाग्ने क्रममा गणेश मन्दिर नजिक चेकजाँचबाट पक्राउ गरेको हो ।
मोटरसाइकल चालक थिङले बोकेको कालो झोलामा लुकाई छिपाई लगि रहेको ६ किलो र तेल ट्याङकी भित्र ४ किलो ७०० ग्राम लागू औषध गाँजा वरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागु औषध सहित थिङलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।