Sunday, August 9, 2026

बारामा अफिम सहित एक जना पक्राउ

कलैया, २७ चैत । बारामा लागूऔषध अफिम सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-६ गम्हरिया बस्ने बर्ष ३२ को सरोज प्रसाद साह रहेको प्रहरीले जनाएको छ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा हेटौंडाबाट वीरगंज तर्फ जाँदै गरेको प्र.२-०३-००९ प ३८७८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेको लागूऔषध अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान २ किलो ९९ ग्राम अफिम बरामद गरेको हो। साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर