Friday, June 26, 2026

साइबर ब्यूरोको अनुरोध : म्यासेजमा पठाइएका लिङ्क नखोल्नु

कलैया, २८ चैत । साइबर ब्यूरोले म्यासेजमा पठाइएका लिङ्क नखोल्न अनुरोध गरेको छ ।

ब्यूरोले एक सुचना जारी गर्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन अनुरोध गरेको हो । सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न भनेको छ।

ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर