कलैया, ३० चैत । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी छ । वीरगंजको अवस्था तनावग्रस्त बनेपछि साँझ साढे ६ बजेदेखि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एउटा सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोली मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । वीरगंजको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो ।
हनुमान जयन्तीको अवसरमा वीरगञ्ज निकालिएको शोभा यात्राlका क्रममा छपकैया चौकमा झडप भएको थियो । झडपको क्रममा मोटरसाइकल र केही पसलहरूमा आगजनी भएको छ । झडपमा परेर स्थानीय र प्रहरीसमेत घाइते भएका छन् ।