Sunday, August 9, 2026

भोलि देखि कलैयाको बसपार्क पूर्ण रुपमा सञ्चालन हुने

कलैया,०१ वैशाख । बाराको सदरमुकाम कलैयामा रहेको बसपार्क वैशाख २ गते ( भोलि ) देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। बसपार्क सञ्चालनको लागी आइतबार बारा उद्योग वाणिज्य संघको सभाहलमा सर्वपक्षीय अन्तरक्रिया भएको थियो ।

उक्त अन्तरक्रियामा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामांग, उद्योग वाणिज्य संघका पदाधिकारी, बस व्यवसायी, टेम्पो, इरिक्सा, म्याजिक व्यवासयी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो। निर्णायक अन्तरक्रिया बाट सबैले सहमति गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन।

उक्त अन्तरक्रियामा बैशाख २ गते बाट बसपार्क संचालन गरिने र तत्कालका लागि त्यसको व्यवस्थापनको जिम्मेवारी उद्योग वाणिज्य संघ बाराका उपाध्यक्ष प्रदिप साह गोल्डेन, बस व्यवसायी संघका अध्यक्ष अच्युत पौडेल र बस व्यवसायी आमोद साहले ट्राफिक प्रहरी संग सहकार्य गरी गर्ने सहमति भएको हो । कलैयाको भरत चोकमा देखिएको ट्राफिक समस्यालाई समाधान गर्नका लागि बसपार्कलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर