Saturday, September 19, 2026

बाराका शिक्षकहरुलाई आन्दोलन परिचालन समितिले भन्यो आन्दोलनमा अनिवार्य उपस्थित हुनुस्

Advertisement
Advertisement

कलैया, ०१ वैशाख । शिक्षक महासंघको आह्वानमा २० चैतदेखि बारा जिल्ला सहित देशभरका शिक्षकहरु सडक आन्दोलनमा केन्द्रित छन । यसै सन्दर्भमा जिल्ला आन्दोलन परिचालन समिति,बाराले जिल्लाभरका विद्यालयका प्रधानध्यापक सहित सम्पूर्ण शिक्षक, कर्मचारीहरुलाई काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि हुन भनेको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले “मेरो आन्दोलन मेरो सहभागिता” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै भोलि वैशाख २ गते देखि अनिवार्य रुपमा काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि हुन अपिल गरेको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा जारी आन्दोलन १३ औ दिनसम्म आइपुग्दासम्म पनि सरकार समस्या समाधानमा गम्भीर नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनलाई थप सशक्त बनाई सरकारलाई माग पुरा गर्न वाध्य पार्ने यो महत्वपूर्ण समय रहेको भन्दै समितिले बाराका सम्पुर्ण शिक्षक, कर्मचारीहरुलाई उपस्थित हुन आग्रह गरिएको छ ।

वैशाख २ गते देखि आन्दोलनमा सहभागि भई हाजिरी गर्नका साथै आम शैक्षिक हडताललाई प्रभावकारी बनाउनका निम्ति विद्यार्थी भर्ना अभियान र कक्षा १० को उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा लगायत स्थानीय, प्रदेश र केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी नहुनका लागि विज्ञप्तिमा अपिल गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर