Friday, October 16, 2026

दुई सय किलो भन्दा बढिको गाँजा सहित चालक पक्राउ

Advertisement
Advertisement

कलैया, ०४ वैशाख। प्रहरीले सर्लाहीबाट दुई सय किलो भन्दा बढिको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई लालबन्दी नगरपालिका-११ हिरापुरमा चेकजाँच गर्दा अवैध लागूऔषध गाँजा करिब २ सय ४४ किलो बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त गाडीमा रहेको धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर