Wednesday, August 5, 2026

बारामा प्रहरीलाई देखेपछि मोटरसाइकल छोडेर भागे दुई ब्यक्ति, लागुऔषध गाँजा फेला

कलैया, ०५ वैशाख। बारामा प्रहरीले एउटा मोटरसाइकलबाट लागुऔषध गाँजा बरामद गरेको छ। शुक्रवार बिहान जितपुर सिमरा उपमहानगरपालिका-२१ छठीमाई घाट स्थित खोला छेउको कच्ची सडक बाट प्रहरीले ११ किलो लागुऔषध गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार कच्ची सडक बाट मोटरसाइकलमा लागु औषध गाँजा बोकी गईरहेको बिशेष सुचनाको आधारमा खटिएको प्रहरीले ना ४१ प ६२४१ नम्बरको मोटरसाइकल लाई रोक्न खोज्दा दुई जना ब्यक्तिहरु मोटरसाइकल छोडेर जंगल तर्फ भागेका थिए।

मोटरसाइकल लाई चेकजाँच गर्दा दुई वटा ब्याग भित्र दुई पोकामा रातो प्लाष्टीकको डोरीले बाधेको अवस्थामा अबैध लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार रहेका दुई जनाको खोजी भैरहेको र यस सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर