Thursday, July 2, 2026

सेवाग्राहीको चाप बढेसँगै जीतपुरसिमरा उपमहानगरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन बिहान देखि

कलैया, ८ वैशाख। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्याधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ ।

उपमहानगरपालिकाले एक सुचना जारी गर्दै राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै वैशाख ९ गतेदेखि बिहान ७ः३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम हुने जनाएको छ ।

उक्त सेवा बिदाको दिनबाहेक कार्यालय खुल्ने दिनमा प्रदान गरिने उपमहानार अन्तर्गतको सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर