Wednesday, June 24, 2026

गुञ्जा चौरसिया आत्महत्या प्रकरण : निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न माग

कलैया, ०८ वैशाख। बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन निवासी १६ बर्षिय किशोरी गुञ्जा चौरसिया आत्महत्या प्रकरणमा निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न माग गरिएको छ।

सोमबार बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई महागढिमाई नगरपालिकाका स्थानीहरुले ज्ञापनपत्र बुझाउदै निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न माग गरेका हुन। मृतक बालिका माध्यमिक शिक्षा परीक्षा (एसईई)का परिक्षार्थी थिइन । उनले अग्रेजी,नेपाली र गणितको परीक्षा दिई सकेकी थिइन। परि्क्षाकै समयमा किशोरीले चैत ११ गते आफ्नै घरमा आत्महत्या गरेकी थिइन् ।

“चौरसिया,जो कक्षा १० मा अध्ययनरत थिइन्,विगत केही समयदेखि प्रहरीको निरन्तर सोधपुछ,मानसिक दबाब र परिवारसँग सम्बन्धित मुद्दा तथा सामाजिक दबाबका कारण आत्महत्या गर्न बाध्य भएको” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।उक्त ज्ञापनपत्रमा, ” हामीले अनौपचारिक रुपमा स्थलगत अध्ययन पश्चातको विवरण बमोजिम,गुंजा चौरसियाको परिवार छिमेकी झगडाका कारण घर छोड्न बाध्य भएको कारण गुंजा चौरसियालाई प्रहरीले बारम्बार घरमा गएर सोधपुछ गर्ने,डर त्रास दिने जस्ता व्यवहार गरिएको पाईएको छ। त्यसमाथि,स्थानीय जनप्रतिनिधि र केही प्रभावशाली व्यक्तिहरुबाट धम्की दिइएको विवरणहरू समेत सार्वजनिक भइरहेको छ। ” उल्लेख छ ।

घटनापछि पनि सम्वन्धित प्रशासन तथा प्रहरी निकायबाट अपेक्षित छानबिन र न्यायिक प्रक्रिया अगाडि बढाइएको नदेखिएको ज्ञापनपत्रमार्फत ध्याणकर्षण गराइएको छ। गुंजालाई मानसिक दवाव दिने प्रहरी र जनप्रतिनिधिको भूमिकाको गम्भीर अनुसन्धान गर्न माग सो ज्ञापनपत्रमा गरिएको छ। दोषी व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरियोस्। पीडित परिवारलाई सुरक्षा र न्याय सुनिश्चित गर्न भनिएको छ।

नगरपालिका द्वारा न्याय प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्न भनिएको छ। यो घटना केवल एक व्यक्तिको मृत्यु मात्र होइन,सम्पूर्ण न्याय प्रणालीमाथिको प्रश्न हो। यदि यस्ता घटनाहरुमा प्रशासन मौन रहन्छ भने नागरिकको विश्वास समाप्त हुनेछ भनेर ज्ञापनपत्रमा भनिएको छ।

ज्ञापनपत्र बुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सभापति चन्दनकुमार स्वर्णकार,यस्तै विक्रम प्रसाद यादव,राजेश्वर प्रसाद चौरसिया,विश्वनाथ प्रसाद चौरसिया, शैलेन्द्र प्रसाद चौरसिया,आशा राउत बरै,मृतकको दिदी चन्दा चौरसिया,शैलेन्द्र प्रसाद चौरसिया लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर