30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

कर्मचारी युनियनले भन्यो कक्षा १२ को परीक्षा सञ्चालनमा हामी सहभागी हुँदैनौँ

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०९ वैशाख। कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी गराउन खोजिएको भन्दै निजामती कर्मचारी ट्रेड युनियनले असन्तुष्टि जनाएको छ। युनियनका नेताहरूले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा असन्तुष्टि जनाएका हुन्।

Advertisement
Advertisement

आज बिहान मात्रै राष्ट्रिय परीक्षा बोर्डको बसेको बैठक निजामती कर्मचारीहरूलाई सहभागी गराएर कक्षा १२ को परीक्षा ओउर्व निर्धारित वैशाख ११ गते देखि नै सञ्चालन गर्ने निर्णय गरेको थियो। बोर्डको यो निर्णय प्रति युनियनले असन्तुष्टि जनाएको हो।

Advertisement

यता केहिबेर अघि सम्पन्न नेपाल शिक्षक महासंघको बैठकले कक्षा १२ को परीक्षाका सबै केन्द्राध्यक्षहरूलाई काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन बोलाएको छ। महासंघको बैठकले आन्दोलनलाई निरन्तरता दिने र कक्षा १२ को परिक्षामा सहभागी नहुने निर्णय गरेको हो ।

सरकार र महासंघको टसलका कारण कक्षा १२ का परीक्षार्थी र अभिभावकहरू चिन्तित बनेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर