Friday, July 24, 2026

पर्सामा आगलागी हुदाँ ६० लाख बराबरको क्षति

वीरगन्ज, १५ बैशाख। पर्साको वीरगन्ज महानगरपालिका वडा नं १४ पिपरामठ नर्सिङ स्कुल नजिकै रहेको बडी बिल्डर्स एण्ड रिपेयरिङ्ग सेन्टरमा आगलागी हुदाँ ६० लाख बराबरको क्षति भएको छ।

वीरगन्ज १४ बस्ने सन्दिप कुमार साहले संचालन गरेको उक्त ग्यारेजमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएपछि वेल्डीङ्ग मेसिन, टायर, मार्वलको पाताहरू, ठुल्ला तथा साना गाडीका फाईवर, सिसाहरू, एउटा मेथ मोटर , एउटा ड्रील मोटर,वेल्डिङ्ग मोटर, गाडीका सिटहरू लगायत उक्त ग्यारेज भित्र रहेको अन्य विभिन्न सामग्रीहरु जलेर नष्ट भएको हो।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोली, वीरगन्ज महानगरपालिकाको ३ वटा दमकल र स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर