Friday, July 24, 2026

श्रोत नखुलेको साढे ९ लाख रुपैयाँ सहित ३ जना पक्राउ

वीरगन्ज, २० बैशाख। स्रोत नखुलेको साढे ९ लाख रुपैयाँभन्दा रकम सहित ३ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रसिसु गुल्मले पक्राउ गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ स्थित भंसार चेकजाँच गर्ने गर्ने क्रममा स्कारपियो सहित ३ जनालाई पक्राउ गरेको हो।

शुक्रबार पर्साको वीरगन्ज स्थित त्रिभुवन राजपथ सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ प्रवेश गरिरहेको बिआर २२ पी ८३०० नम्बरको भारतिय स्कारपियोको पछाडि सिटको पेटभित्र लुकाई छिपाई राखिएको ९ लाख ५९ हजार रूपैयाँ नगद प्रहरीले बरामद गरेको थियो। बरामद गरिएको स्कार्पियो गाडीको भन्सार मूल्यांकन रु. ३० लाख गरिएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिम चम्पारन बेतिया ग्राम पंचायत वडा नं ७ बस्ने ५९ वर्षिय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं १२ बस्ने ४६ वर्षिय मनोज कुमार सहनी, छाउनी चोक ग्राम पंचायत वडा नं २७ बस्ने ४३ वर्षिय संतोष कुमार श्रीवास्तव रहेका छन्।

सशस्त्र प्रहरीद्वारा उक्त नगद, गाडी र नियन्त्रणमा परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर