Saturday, September 19, 2026

पर्सामा ४३ किलो अबैध लागूऔषध गाँजा बरामद

Advertisement
Advertisement

वीरगन्ज, २० बैशाख। पर्साको जिराभवानी गाउँपालिका वडा नं १ स्थित गढिमाई मन्दिर नजिकैको दसगजा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट, महादेवपट्टिबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा नियमित गस्तीमा खटिएको टोलीले शुक्रबार ४३ किलो ८ सय ग्राम अवैध गाँजा फेला बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार तस्करहरूले गस्ती टोली देखेपछि गाँजाका पोका त्यहीं छाडेर फरार भएका थिए। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय, सेढवामा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर