32.8 C
Kalaiya

Thursday, May 29, 2025
32.8 C
Kalaiya
Thursday, May 29, 2025

spot_img

परीक्षा केन्द्रमा मोबाइल लिएर गएका विद्यार्थीहरुको परीक्षा रद्ध, केन्द्राध्यक्ष पनि निस्कासित

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, २६ बैशाख। चलिरहेको कक्षा १२ को वार्षिक परीक्षामा काठमाडौँको साइपल एकेडेमी माविमा मर्यादा विपरित कार्य गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निस्कासित गरेको छ।

Advertisement
Advertisement

यस्तै केही परीक्षा केन्द्रमा इलेक्ट्रोनिक्स डिभाइसहरु मोबाइल, स्मार्टवाच लगायतका निषेधित सामग्रीहरु लिएर गएका विद्यार्थीहरुको सबै इलेक्ट्रोनिक्स डिभाइस जफत गरिएको छ भने सम्बन्धित परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ।

Advertisement

यसअघि नै राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस नलैजान र सुचनाको अवज्ञा गरे सम्पुर्ण परीक्षा रद्ध गरिने अभिभावक, शिक्षक, विद्यार्थी एवम् सरोकारवालासँग अनुरोध गरेको थियो।

काठमाडौंको साइपल एकेडेमीबाट निस्कासित भएका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको ठाउँमा नयाँ केन्द्राध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर