हेटौडा, २६ बैशाख। ठुलो मात्रामा अबैध लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले रौतहटका एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नं ९ बस्ने ३२ वर्षिय सुनिल सिंह पटेल रहेका छन्। पटेलले पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा रौतहटबाट काठमाडौँ तर्फ जादै गरेको बा. प्र. ०१-०३१ च ५०२२ नम्बरको यात्रुवाहक ईभी गाडीमा अबैध लागुऔषध ट्याब्लेट लैजाँदै थिए भने प्रहरी चौकी रातोमाटे चेकपोईन्टबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।
गाडीको छतमा रातो रंगको सुटकेस र झोलाभित्र लुकाई छिपाई ल्याईएको अवस्थामा लागुऔषध नाईट्राभेट ३४४० ट्याब्लेट, ट्रामाडोल २९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल उनको साथबाट फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
पक्राउ परेका पटेललाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध नाईट्राभेट समेत मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ।