Monday, November 9, 2026

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा

Advertisement
Advertisement

कलैया, २९ भदौ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। शुक्रबार राती नियुक्त भएकी अन्तरिम सरकारका प्रधानमन्त्री कार्की केहिबेर अघि सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गरेकी हुन्।

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने पहिलो निर्णय गरेकी छन्। यस्तै, आन्दोलनका क्रममा घाइते भएका सम्पुर्णको निःशुल्क उपचारको निर्णय गरिएको छ ।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको मृत्यु भएको छ । त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

प्रधानमन्त्री कार्कीके आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा छिन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर