Monday, August 3, 2026

बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा ६८ वर्षिय पुरुष पक्राउ 

वीरगन्ज, ३१ बैशाख। जिल्ला प्रहरी कार्यालय पर्साले बैदेशिक रोजगारी सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं २४ बस्ने ६८ वर्षिय पुरुष सिताराम प्रसाद कुर्मी रहेका छन्। उनलाई सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दीपक प्रसाद कुर्मी समेत भएको बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा बैदेशिक रोजगार विभाग ताहाचलको पत्र अनुसार पक्राउ गरिएको हो।

घिमिरेको मुद्दा दर्ता नम्बर ३८९२ र रोजगार विभागको चलानी नं १७३०२ को पत्र पश्चात जिल्लाबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ गरेको हो। कुर्मीले वैदेशिक रोजगारीमा पठाउन घिमिरे संग पैसा लिएर ठगेका थिए।

पक्राउ परेका कुर्मीलाई थप अनुसन्धानको लागि प्रहरी कर्मचारीको जिम्मा लगाई वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर