Wednesday, August 5, 2026

बारा : बिल विजकभन्दा बढी मूल्यको सामान बरामद

कलैया, ०९ जेठ। बारा प्रहरीले बिल बिजक भन्दा बढीको माल सामान बरामद गरेको छ। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित सडक खण्डमा बीरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ५ ख ९१४९ नम्बरको ट्रक बाट दुई करोड ७० लाख ५६ हजार ३ सय ८ रूपैयाँ बराबरको बिल बिजक भन्दा बढीको माल सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक खेम प्रसाद नेपालले जानकारी दिए।

ट्रकलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उक्त ट्रक बाट नोकिया र वल्र्ड लिंक कम्पनीको १७ हजार २ सय ८० पिस राउटर बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद भएको सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी निरिक्षक नेपालले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर