29.8 C
Kalaiya

Thursday, July 17, 2025
spot_img
29.8 C
Kalaiya
Thursday, July 17, 2025

spot_img

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं ।  वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Advertisement

पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय शक्ति खड्का रहेका छन्। काठमाडौं-१६ नयाँ बसपार्क बस्दै आएका खड्कालाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

Advertisement
Advertisement

खड्काले सोही ठाउँका एक युवाबाट ५५ लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए। लाखौं तलब हुने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि ती युवा प्रहरीमा पुगेका थिए।

जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरू गरेको थियो। प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर