30.4 C
Kalaiya

Saturday, September 13, 2025
spot_img
30.4 C
Kalaiya
Saturday, September 13, 2025

कलैयामा जिल्ला प्रशासनको छड्के अनुगमन , सिद्धार्थ स्वीट्सलाई एक लाख जरिवाना

spot_img
spot_img

कलैया , ११ जेठ । जिल्ला प्रशासन कार्यालय बाराले कलैया बजारमा रहेको पसल तथा कम्पनीमा छड्के अनुगमन गरेको छ । ” स्वच्छ र प्रतिस्पर्धाी बजार : उपभोक्ता संरक्षणको दिगो आधार” मुल नाराका साथ उक्त अनुगमन गरिएको हो ।

Advertisement

अनुगमनको क्रममा कलैयामा रहेको सिद्धु सिद्धार्थ स्वीट्समा नमकिनमा लेभल नभएको र मिठाइ बनाउने कारखाना फोहोर तथा सरसफाइ नभएको भन्दै जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए । उनका अनुसार सिद्धार्थ स्वीट्सलाई एक लाख जरिवाना गरिएको हो ।

Advertisement

त्यस्तै प्रशासनले वाटर एटिएममा समेत अनुगमन गरेको हो । वाटर एटीएमको पानी टेस्ट गर्न गुणस्तर तथा नापतौल कार्यालयले समेत लगिएको सहायक प्रजिअ भट्टराईले बताए ।

Advertisement

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा भएको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय बारा,उधोग बिभाग कार्यालय मधेस प्रदेशका प्रतिनिधि,गुणस्तर तथा नापतौल कार्यालय बिरगंजका प्रतिनिधि,खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय बिरगंजका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर