कलैया , १४ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।
आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो ।
इजलासले आलमको घरमा ०६४ चैत २७ मा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेको ठहर गरेको छ । यस अघि जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।