कलैया, १६ जेठ। नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीमा गिट्टी बालुवा निकाल्न बनाइएको अस्थायी बाँध अकस्मात भत्किँदा उनीहरू नदीको टापुमा फसेका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट खटिएको सशस्त्र प्रहरीको टोलिले बोटको सहायताले सबै जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो ।
यता गिट्टी बालुवा ओसार्न प्रयोग गरिएको एउटा टिपर भने बाँध भत्किएको स्थानमा डुबेको सशस्त्र प्रहरीले जनाएको छ।