Friday, June 5, 2026

सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम भयो कलैयामा सुरु

spot_img

कलैया,२० जेठ : कलैयामा अब डिजिटल संसार अझ सुरक्षित र विश्वसनीय बनाउने उदेश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ बारा शाखाको आयोजनामा सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम सुरु भएको छ।

बाराको कलैया उपमहानगरपालिकाको सहयोगमा मंगलवार कलैया उपमहानगरपालिकाको सभा हलमा उक्त कार्यक्रम शुरु भएको हो। यसले स्थानीय तहमा डिजिटल प्रविधिको सही र सुरक्षित प्रयोगबारे जनचेतना फैलाउने लक्ष्य लिएको छ।

कार्यक्रमको पहिलो दिन परवानीपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत रवि जैसवालले जनप्रतिनिधिहरूलाई डिजिटल पहुँच,साइबर सुरक्षा,स्मार्ट प्रशासन,अनलाइन सेवा,एआई टुल्स,साइबर अपराध र त्यसबाट बच्ने उपायहरूबारे जानकारी दिएका थिए।

त्यस्तै प्रहरी सहायक निरीक्षक रन्जन कुमार साहले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कानुनी पक्षहरू,साइबर अपराध र ब्ल्याकमेलिङबाट कसरी जोगिने भन्ने विषयमा जनप्रतिनिधिहरुलाई जानकारी दिएका थिए। उनले जनप्रतिनिधिहरुलाई हप्तामा एक दिन “इलेक्ट्रोनिक डिभाइस होलिडे“ मनाउन समेत सुझाव दिए ।

सो कार्यक्रम कलैया उपमहानगरपालिका,श्री दुर्गा नमुना माध्यमिक विद्यालय स्कुल,श्री ३ चन्द्र माध्यमिक विद्यालयमा २० देखि २४ जेठसम्म संचालन हुने कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिएका छन् ।

क्यान बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा नगर प्रमुख विनोदप्रसाद साह,उप–प्रमुख रौशन प्रविण,प्रमुख प्रशासकीय अधिकृत नाथु साह, २७ वटै वडाका वडा अध्यक्षहरू,शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत राजिव यादव,क्यान बाराका निवर्तमान अध्यक्ष संजय केशरी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत क्यान मधेस प्रदेश अध्यक्ष गणेश शर्माको थियो। कार्यक्रमको सञ्चालन क्यानका जिल्ला सचिव विनोद साहले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर