कलैया, २१ जेठ । आज सुनचाँदीको मुल्य बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।