Thursday, July 23, 2026

तेलको कुपन विवादमा मुछिएकी डीएसपी वाइवा हेडक्वार्टर तानिइन्

कलैया,२२ जेठ : इलाका प्रहरी कार्यालय सिमरा बारामा कार्यरत डीएसपी शुभद्रा वाइवा सहसचिवसंग विवाद भएपछि हेडक्वाटर तानिएकी छन्।

डिएसपी वाइवाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसंग तेलको कुपनको विषयमा विवाद भएको हो।

उनको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक वेद जोशी हाजिर हुँदैछन्। वाइवा गत पुसमा यहा आएकी थिइन्।

केही विषयमा छानबिन गर्नुपर्ने कारण उनलाई प्रधान कार्यालय झिकाइएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जनाए। केही सोधपुछका निम्ति उनलाई प्रधान कार्यालयले बोलाएको बाराका प्रहरी प्रमुख एवंम् प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले जनाए।

प्रसाईंसँग तेलको कुपनमा भएको विवाद जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजूरीको रुपमा पुगेको थियो । सोही विषयमा छानबिनका लागि उनलाई काठमाडौंबाट बोलाहट भएको तथा उनले आफ्नो निर्दोषिता प्रमाणित गरेमा पुनः जिम्मेवारीमा फर्काइने प्रहरी स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उपमहानगरपालिकाबाट सय लिटरका दरले ४० दिनभित्र तीन पटक डिजल र पेट्रोलको कुपन उनले लिएकी थिइन् ।१८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिइएपछि प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि डीएसपी वाइवाले कुपन च्यातेकी थिइन् ।

उनले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिएकी थिइन् । जबकि उपमहानगरले महिनामा सय लिटर इन्धन मात्रै दिने गरेको हो। जेठ १८ मा थोरै कुपन दिएकी भनी वाइवाले विवाद गरेकी थिइन्।

डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरपालिकाले बाराका सीडीओ वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो। सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर