33.1 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
33.1 C
Kalaiya
Tuesday, September 9, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै

spot_img
spot_img

काठमाडौँ, २२ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि लगातार दुई दिनसम्म बैठक बस्दै नबसी स्थगित भएपछि आज अपराहन्न १ बजे बस्ने गरि बैठकको समय तोकिएको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भईरहेको छ ।

Advertisement

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान छोडेका छैनन् । यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् ।

Advertisement

सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन । सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर