Thursday, June 4, 2026

बिहानीको समयमा पर्साको पकहामैनपुरमा ठुलो आगलागीहुदाँ लाखौंको क्षति

spot_img

वीरगन्ज, २३ जेठ। बिहानीको समयमा पर्साको पकहामैनपुरमा ठुलो आगलागी हुदाँ लाखौंको क्षति भएको छ।

जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं ४ खेस्रहा स्थित रामाशंकर गिरीको गोठमा आज शुक्रबार बिहान पौने ५ बजेको समयमा विद्युत तार सर्ट भई २ जनाओ घरमा आगलागी हुदाँ लाखौंको क्षति भएको हो।

गिरिको फुसको गोठ र फुसको बस्ने घर गरी २ वटा घर पूर्ण रुपमा जलि नष्ट भएको र घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना गरी ७ लाख बराबरको क्षति भएको छ भने उनको भैसी एउटा र पाडो जलि घाइते भएका छन्।

यस्तै त्यहिका दरोगा गिरिको फुसको गोठ र बस्ने घर पूर्ण रुपमा जलि नष्ट भएको र घरमा रहेको धान, गहुँ काठ, भाँडाकुँडा र गरगहना जलेर नष्ट हुदाँ ७ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।

आगलागी पश्चात दुबै परिवार छिमेकीको घरमा बसिरहेका छन् भने उक्त आगलागीलाई दमकल, प्रहरी र स्थानियहरुको सहयोगमा बिहान साढे ७ बजे नियन्त्रणमा लिईएको थियो भने कुनै मानविय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर