कलैया, २३ जेठ। जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यलय वीरगन्जले अबैध लागुऔषध ट्याब्लेट सहित ४ जनालाई पक्राउ गरेको छ।
जिल्लाको कलैया उपमहानगरपालिका वडा नं ६ हनुमान चोक नजिकै एक आपसमा लेनदेन गर्दै गरेको अवस्था प्रतिबन्धित लागुऔषध निट्राभेट-१० लेखिएको ३५ पत्तामा १ हजार ३५ पिस ट्याब्लेट सहित ४ जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं ४ बस्ने २६ वर्षिय मुकेश साह कलवार, वडा नं ९ रामपुर बस्ने २० वर्षिय सुमन चौहान, त्यही बस्ने २४ वर्षिय प्रदिप कुमार साह र वडा नं २७ बस्ने १९ वर्षिय धिरेन्द्र कुशवाहा रहेका छन्।