31.6 C
Kalaiya

Sunday, June 15, 2025
31.6 C
Kalaiya
Sunday, June 15, 2025

spot_img

बारामा ३९ लाख भन्दा बढीको सामान बरामद

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ३१ जेठ। बारामा सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ । बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ स्थित डम्पिङ साइट नजिकै भारतबाट अबैध रूपमा ल्याइएको एयरपड प्रो र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरीले बरामद गरेको हो ।

Advertisement
Advertisement

भारतबाट साईकलको प्रयोग गरी अबैधरूपमा नेपाल ल्याइँदै गरेको करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीलाई देखेपछि तस्कर साईकल र सामान सोही स्थानमा छाडेर फरार भएका थिए। बरामद सामान आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर