31.7 C
Kalaiya

Monday, June 16, 2025
31.7 C
Kalaiya
Monday, June 16, 2025

spot_img

खोलामा बेलिब्रिज खस्दा घाइते भएका बाराका ३ जनाको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १ असार। मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका ६ जनामध्ये तीन जना मजदुरको मृत्यु भएको छ । मृत्यु भएका तिनै जना बारा जिल्लाको रहेका छन।

Advertisement
Advertisement

मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेको प्रहरीले जनाएको छ। घाइते उनीहरूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हिजो बेलिका पाँचथरको फिदीम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खसेको थियो ।

Advertisement

फिदिमतर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो । बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए । घाइते अन्य ३ जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ। घाइते बाराको जीतपुरसिमरा वडा नम्बर १२ का २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरीको विराटनगरमा उपचार भइहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर