Saturday, September 19, 2026

बारामा बाघले खाएको अवस्था एकजनाको शव फेला

Advertisement
Advertisement

कलैया, ०४ असार। बारामा बाख्रा चराउन गएका र घर नपर्किएका एकजना पुरुषको शव बाघले खाएको अवस्थामा फेला परेको छ।

उक्त शव मकवानपुरको मनहरी गाउँपालिका घर भएका हाल बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको बाख्रा चराउने कामदारको रुपमा काम गर्दै आएका अन्दाजी ५५ वर्षिय चन्द्र बहादुर भुलनको रहेको खुलेको छ।

भुलन मंगलबार बाख्रा चराउन गएकोमा घरमा फर्किएर नआएको र आफन्त समेत वडा नं २१ का वडा अध्यक्ष सुबास श्रेष्ठ , ईलाका प्रहरी कार्यालय अमलेखगंज प्रहरी बरिष्ठ नायब निरिक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीको टोली र स्थानीय मानिसहरूले खोजतलास गर्दैगर्दा आज बिहान साढे ७ बजेको समयमा दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा भुलनको शव फेला परेको हो।

उनले चराउन लगेको २७ वटा बाख्रामात्त जिउँदो अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर