Saturday, September 19, 2026

पर्सा: प्रलोभन देखाई ४ युवतीलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेका खड्का पक्राउ

Advertisement
Advertisement

वीरगन्ज, ०५ असार। ४ जना युवतीलाई भारततर्फ विभिन्न किसिमका प्रलोभन देखाई भारततर्फ बिक्री गर्न लगिरहेका एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नं ८ खर्कटा बस्ने ४१ वर्षिय दिपक खड्का रहेका छन्। खड्काले ईलाम र रोल्पाका परिवर्तित नामथर २०८१/०८२ जिर्मल (१), २०८१/०८२ जिर्मल (२), २०८१/०८२ उकाला (१) र २०८१/०८२ उकाला (२) गरी ४ युवतीलाई फ्रि टिकट, फ्रि भिसामा बैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाईदिन्छु भनि प्रलोभन देखाएका थिए।

उनलाई बुधबार पर्साको ठोरी गाउँपालिका वडा नं २ ठोरी बजारको बाटोबाट युवतीहरुलाई भारततर्फ बिक्री गर्न लगिरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो।

पक्राउ परेका खड्का माथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर