30.7 C
Kalaiya

Wednesday, June 25, 2025
30.7 C
Kalaiya
Wednesday, June 25, 2025

spot_img

बारा: १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

spot_img
spot_img
spot_img
Advertisement

कलैया,१० असार । बारा जिल्लाका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। जिल्लाभित्र रहेका १६ पालिकामध्ये १३ वटा स्थानीय तहले निर्धारित समयमै नीति तथा बजेट प्रस्तुत गरेका छन्। तीन पालिकाले अझै सार्वजनिक गर्न बाँकी रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

Advertisement
Advertisement

अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लाको सदरमुकाम कलैयामा रहेको कलैया उपमहानगरपालिकाले रु १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ४९ को बजेट सार्वजनिक गरेको छ। त्यस्तै महागढीमाइ नगरपालिकाले ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँ,कोल्हवी नगरपालिकाले ७९ करोड २३ लाख,सिम्रौनगढ नगरपालिकाले ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ,पचरौता नगरपालिकाले ६५ करोड ३१ लाख छियासठी हजार ९ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

Advertisement

आदर्श कोतवाल गाउँपालिकाले ४५ करोड ५३ हजार ५९ रुपैयाँ,करैयामाई गाउँपालिकाले ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२,बारागढी गाउँपालिकाले ४१ करोड ९० लाख ६१ हजार २ सय ३८,प्रसौनी गाउँपालिकाले ४१ करोड १ लाख,फेटा गाउँपालिकाले ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँ,देवताल गाउँपालिकाले ३८ करोड ८५ लाख ९९ हजार ५ सय ५६,परवानीपुर गाउँपालिकाले ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ र बिश्रामपुर गाउँपालिकाले ३२ करोड १० लाख ४९ हजार ५ सय ८८ रुपैयाँ बराबरको नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि असहमति जनाइएपछि नगर सभाको १२ औं पहिलो बैठक सोमबार स्थगित भएको थियो । नगर प्रमुख राजन पौडेलका अनुसार संविधान अनुसारको समयसीमा असार १० भित्र नीति तथा कार्यक्रम र बजेट पास गर्न नसकिने भएपछि अब १२ औं नगर सभाको दोस्रो बैठक असार १८ गते बस्नेछ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सूचना जारी गरेर सोमवार गर्ने भनिएको सोह्रौं अधिवेशनको बैठक मंगलवार सम्मको लागि स्थगित गरेका थिए । सूचनामा नगर सभाको अर्को बैठक मंगलवार दिउँसो दुई बजे नगर कार्यपालिकाको कार्यालयको सभाहलमा भएको थियोे। त्यहा पनि असहमति नभएको नगर प्रमुख पुरीले बताए। नगर प्रमुख पुरीका अनुसार नीति,कार्यक्रम तथा बजेट सार्वजनिकका लागी अर्को सूचना नआउन्जेलसम्म स्थगित रहने बताए।

स्रोतका अनुसार सुवर्ण गाउँपालिकाले असार १६ गते नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर