32.8 C
Kalaiya

Monday, September 8, 2025
spot_img
32.8 C
Kalaiya
Monday, September 8, 2025

काजु र कपडा बोकेको मालबाहक ट्रक सहित बाराका ३ जना पक्राउ

spot_img
spot_img

कलैया, २४ असार। पर्सा प्रहरीले ईट्टा लोड गरेको ट्रकबाट भन्सार छलेको काजु र लत्ताकपडा सहित ३ जनालाई पक्राउ गरेको छ। वीरगन्जबाट काठमाडौं जाँदै गरेको प्रदेश नं.२-०३-००१ख ५६०९ नम्बरको मालबाहक ट्रक वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

प्रहरीले ट्रकमा सवार बाराको निजगढ नगरपालिका-४ का २८ वर्षीय निकेश राउत कुर्मी, २४ वर्षीय सागर परियार र ३८ वर्षीय विष्णु पाठकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन।

Advertisement

ट्रकमा भन्सार छलेको काजु, सटिङ-सुटिङको थान कपडा, कुर्ता-सुरुवाल र लेडिज टप्स रहको प्रहरीले जनाएको छ।ट्रकमा करिब ४१ लाख ७८ हजार ८ सय रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक मूल्यांकन गरिएको प्रहरीले जनाएको छ। मालबाहक ट्रक र सवार व्यक्तिहरूलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर