30.5 C
Kalaiya

Friday, July 11, 2025
30.5 C
Kalaiya
Friday, July 11, 2025

spot_img

बारामा सार्वजनिक यातायात बन्द फिर्ता, प्रशासन र व्यवसायीबीच सहमति

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २६ असार। बारामा सार्वजनिक यातायात व्यवसायीहरूले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन्। जिल्ला प्रशासन कार्यालय बारामा प्रशासन र यातायात व्यवसायीबीच समहमति भएपछि यातायात बन्द फिर्ता लिएका हुन ।

Advertisement
Advertisement

बस, म्याजिक भ्यान र ईभि गाडी लगायतका यातायात संघ संस्थाहरुले विभिन्न माग राख्दै बुधबारदेखि कलैयाको भरत चोकमा गाडी रोकि यातायात बन्द गरेका थिए। आज बसेको बैठकले ६ बुदे निर्णय गरेको छ। बैठकमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साह,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,आन्दोलन समिति,सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement

बैठकले सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धमा यस अघी भएका सहमति पूर्ण कार्यन्वयन गर्न सबै सरोकारवालाहरुले सहयोग एवं समन्वय गर्ने निर्णय गरेको छ।

बैठकले गरेको निर्णय : सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धमा यस अघी भएका सहमती पूर्ण कार्यन्वयन गर्न सबै सरोकारवालाहरुले सहयोग एवं समन्वय गर्ने ।

मिति २०८२१०३।२७ गते देखि एकतर्फी पूर्ण कार्यान्वयन गर्ने र वीरगंज सेक्टरका सवारी साधन बसपार्क हुँदै आलोपालो दासगेष्ट हाउस अगाडी यात्रु राखी हिंडेपछी बालमन्दिर अगाडी मात्र रोक्न पाइने साथै काठमाडौँ नारायणगढ रुटमा संचालन भईरहेको सुमो र इभी आलोपालो गरी बसपार्कबाट आई राम मन्दिरपूर्व पट्टीको को खाली ठाँउमा यात्रु चढाएर गन्तव्यतर्फ जाने ।

तीनपाङ्गग्रे सवारी साधनलाई अत्यावश्यक वाहेकको अवस्थामा बाहेक अन्तरपालिका संचालन गर्न पुर्ण रोक लगाउने ।

सार्वजनिक यातायात संचालन एवं व्यवस्थापन सहजीकरण गर्नका लागि आजका मितिले ७ (सात) दिन भित्र जिल्ला प्रशासन कार्यालय, बारा, जिल्ला प्रहरी कार्यालय, बारा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बारा, कलैया उपमहानगरपालिका र यातायात व्यवसायीको समेत प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय गरियो । 

कलैया भरत चोकमा होहल्ला गर्दै यात्रु तान्ने, झोला थुन्ने जस्ता गैर व्यवसायीकार्यलाई कडाईका साथ रोक्ने ।

यातायात व्यवसायीहरुद्वारा मिति २०८२।०३।२५ गते देखि बन्द गरिएको सार्वजनिक यातायात तत्काल खोल्ने निर्णय गरियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर