कलैया, २६ असार। नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी सिजनको लागि काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नियुक्त भएका छन् ।
बिहिबार बेलुका सामाजिक सञ्जालमा पोस्ट गर्दै काठमाडौं गोर्खाजले देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।