Friday, October 16, 2026

१ करोड ३२ लाखको बैंकिङ कसुर मुद्दाका फरार आरोपी निजगढबाट पक्राउ

Advertisement
Advertisement

कलैया, २९ असार। १ करोड ३२ लाख रुपैयाँ विगो कायम भएको बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा निजगढ नगरपालिका–१ सिंगौलका ४३ वर्षीय भरत चौलागाई रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिएका छन ।

काठमाडौँ जिल्ला अदालतबाट २०८२ असार १८ गते जारी भएको पक्राउ पुर्जीका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा घर नजिकै घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेका चौलागाईलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँ प्रहरी परिसरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर