कलैया, ३१ असार। साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपालले श्रीलंकासँग खेल्दै छ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेदेखि सुरु हुने छ। बंगलादेशमा जारी साफ यू-२० च्याम्पियनसिपको लागी नेपाले आज तेस्रो खेल खेल्दै छ ।
यस अघि पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले नेपाल पराजित भएको थियो ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । हाल सम्म बंगलादेश दुई खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३-३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।