35.2 C
Kalaiya

Friday, July 25, 2025
spot_img
35.2 C
Kalaiya
Friday, July 25, 2025

spot_img

एक महिनामा रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर संकलन

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया, ८ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा एक महिनामा २७ लाख भन्दा बढि हस्ताक्षर संकलन भएको छ। लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार एक महिनाको अवधिमा रविको पक्षमा २७ लाख ५० हजार ६ सय ७७ जनाले हस्ताक्षर गरेका छन् ।

Advertisement
Advertisement

हस्ताक्षर गर्ने मध्ये मधेश प्रदेश बाट १ लाख ४ हजार ३ सय ६० जनाले हस्ताक्षर गरेका छन् । अहिले सम्म बागमती प्रदेशमा सबै भन्दा बढी हस्ताक्षर संकलन भएको छ । केन्द्रीय कार्यालय तथा काठमाडौँ बाहेक बागमती प्रदेशका जिल्लाहरुबाट मात्रै ७ लाख १३ हजार ३ सय ३१ जनाले हस्ताक्षर गरेका छन् । काठमाडौँको चमतीस्थित केन्द्रिय कार्यालयमा उपस्थित भएर हस्ताक्षर गर्नेको संख्या ३६ हजार ५ सय १० रहेको छ भने काठमाडौँका अन्य बुथहरुबाट ७४ हजार १ सय १३ जनाले हस्ताक्षर गरेका हुन।

Advertisement
Advertisement

अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको न्यौपानेले बताए। रास्वपा आफ्नो सभापति लामिछानेमाथि राजनीतिक प्रतिशाेध भएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर