20 C
Kalaiya

Wednesday, October 15, 2025
spot_img
20 C
Kalaiya
Wednesday, October 15, 2025

बारामा भन्सार छलीको सामानसहित ई–रिक्सा नियन्त्रणमा

spot_img
spot_img

कलैया,११ साउन । बाराको बिश्रामपुर गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय पछाडिबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनियाको टोलीले छ लाख १० हजार रुपैयाँ बराबरको भन्सार छलिएका अवैध सामानसहित एक ईलेक्ट्रिक रिक्सा नियन्त्रणमा लिएको छ।

Advertisement

सशस्त्र प्रहरी निरीक्षक हरि प्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले आइतबार राति भारतबाट अबैधरूपमा नेपालतर्फ ल्याउँदै गरिएको प्र.२–०३–००१ स. ४२६९ नम्बरको ई-रिक्सामा लोड गरिएको रेडिमेड कपडा बरामद गरेको हो।

Advertisement

रिक्सामा अन्दाजी ६ लाख १० हजार रुपैयाँ बराबरका आठ पोका विभिन्न किसिमका रेडिमेड कपडा लोड गरिएको थियो। कपडा तथा ई-रिक्सासहित कुल मूल्य आठ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरीको नियन्त्रणमा लिइएको छ।

Advertisement

उक्त कपडा तथा ई-रिक्सालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर