Friday, July 3, 2026

५० हजार सहित जुवाखालबाट तीन जना पक्राउ

कलैया, २७ असोज । पर्सामा जुवा खेलिरहेको अवस्थामा सोमबार तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ का २० वर्षीय रोहित रौनियार, ३० वर्षीय श्यामबाबु राय र २५ वर्षीय अनन्तकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ फुलवारी टोलस्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापामारी गरेको हो। प्रहरीले जुवाखालबाटै ५० हजार ७ सय ५५ रुपैयाँ र ३ वुक तास सहित नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

पक्राउ परेका तिनै जना विरुद्ध जुवा सम्बन्धी कसूरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर