Thursday, July 2, 2026

विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्यो पुष्टि, आजै इजरायललाई शव बुझाउने

कलैया, २७ असोज। इजरायली युद्धको क्रममा प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ ।

सन् २०२३ को अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा विपिन अपहरणमा परेका थिए । बीबीसीको अनुसार हमासको सैन्य शाखाले जोशीसहित चारजना बन्धकको शव इजरायललाई बुझाउने तयारी गरेको हो । चारै जनाको मृत्यु भइसकेको पुष्टि हमासले गरेको बीबीसीले जनाएको छ ।

शब बुझाउने तयारीमा अन्य तीन जना बन्धकहरू इ इलौज, योस्सी शराबी र डानियल पेरेत्स रहेका छन् । आजै बिहान हमासले २० जना जीवित बन्धक इजरायललाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर