33.9 C
Kalaiya

Tuesday, July 29, 2025
spot_img
33.9 C
Kalaiya
Tuesday, July 29, 2025

spot_img

कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख ठगी, एक जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलया,१३ साउन। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-१ घर भएका ३४ वर्षीय बुद्धी बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

Advertisement

तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-१० बाट पक्राउ गरेको हो ।

Advertisement
Advertisement

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर