33.9 C
Kalaiya

Tuesday, July 29, 2025
spot_img
33.9 C
Kalaiya
Tuesday, July 29, 2025

spot_img

धनुषामा एक बालिकाको हत्या

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १३ साउन। धनुषामा एक बालिकाको हत्या भएको छ। जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तै उक्त घटनामा दुई जना घाइते भएका छन । घाइते हुनेमा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग पढिरहेकी थिइन् ।

Advertisement
Advertisement

प्रहरीका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर