कलैया, १५ साउन। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाएको छ ।
सो मुल्य शुक्रबार बिहानदेखि लागु हुने निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएकाे छ ।